हुप्सेकोटको झरना आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै
कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ झरना टोलमा रहेको झरना आन्तरिक पर्यटकका लागि लोकप्रिय बनेको छ ।
यहाँ रहेको झरना पछिल्लो समय नवलपुरको कावासोती र हुप्सेकोटका युवायुवती तथा बालबालिकाबीच लोकप्रिय भएको हो ।
यहाँ दैनिक ४÷५ सयको संख्यामा आन्तरिक पर्यटकहरु झरनाको अवलोकन गर्न आउने गर्दछन् ।
पहाडको फेदीमा रहेको यस झरनासम्म जानका लागि र त्यस क्षेत्रमा फार्किङ्गको समेत स्थानीय व्यवस्था गरेको छ ।
यहाँ झरनामा सामाजिक सञ्जालहरु फेसबुक, टिकटक, स्टाग्राम, युट्युवमा राख्न फोटो र भिडियो खिच्न आउनुका साथै झरनामा नुहाएर मजा लिनेहरु पनि आउने गर्दछन् ।
यस झरनालाई व्यवस्थित गरेर आन्तरिक पर्यटकका लागि प्रचारप्रसार गर्न सके अझै आन्तरिक पर्यटकहरु बढ्ने स्थानीय बासिन्दाहरु बताउँदछन् ।