निति बने पनि कार्यान्वयन नहुँदा संञ्चारकर्मीहरु मर्कामा




गोपी ज्ञवाली –

नवलपरासी । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष एवम् प्रेस काउन्सिल नेपाल सदस्य गोविन्द आचार्यले संचारको विषयमा निती बनेको भए पनि कार्यान्वयन नहुँदा संचारकर्मीहरु र संचारगृह मर्कामा परेको बताएका छन् ।




अध्यक्ष आचार्यले कोरोना कहरका कारण समस्या परेको पत्रकारको समस्या समाधानका लागी अल्पकालीन र दिर्घकालीन योजना बनाई कार्यान्वयनमा लैजानु पर्नेमा महासंघले सरकारलाई दवाव दिईरहेको बताउनुभएको छ ।

शुक्रवार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रेस काउन्सिलको आयोजना र पत्रकार महासंघ पश्चिम नवलपरासीको समन्वयमा भएको कोभिड १९ को असर र पत्रकार आचारसंहिताका विषयमा अयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा देश भरि धेरै पत्रकार कोभिडकै कारण जागिरबाट निकालिएको बताउदै उनिहरुको जिविकोपार्जनका लागी तत्कालै योजना बनाई कार्यान्वयन गर्न महासंघले अर्थ र संञ्चार मन्त्रालयसंग कुराकानी भईरहेको बताउदै उहाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष आचार्यले निति बनेपनि कार्यान्वयन नहुदा संञ्चार गृह र संञ्चारकर्मि मारमा परिरहेको उनको भनाई थियो । समान विज्ञापन निति लागु गर्न आफुहरुले दबाब दिईरहेको बताउदै उहाले त्यस्तो हुन सके देशभरका संञ्चारमाध्यम सहजै चल्न सक्ने बताए ।

पहिले राजनितिज्ञहरुले मिडिया र पत्रकार खोजी गरि गरि हिड्ने गरेको भएपनि आजभोलि सरकारमा पुगेपछि त्यसलाई वेवास्ता गर्ने गरेको बताउदै उनले फेरि पनि पत्रकारीता बिना मुलुक चल्न नसक्ने भएकाले पत्रकारिता जिवन्त चलिरहने पनि बताए ।

उक्त अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका अध्यक्ष हरि शर्माले जिल्लामा कोरोना कहरका बीच महासंघले गरेका कार्य र समस्याका बारेमा जानकारी गराएका थिए ।

महासंघका पूर्व अध्यक्ष केशव पराजुलीले जिल्लाका संञ्चारगृहको समस्या बारे जानकारी गराउदै महासंघ र काउन्सिल महामारीको यो अवस्थामा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस काउन्सिलका प्रतिनिधि सहित जिल्लाका क्रियाशिल पत्रकार लगायतको सहभागितामा जिल्लामा देखिएका समस्या बारे अन्तरक्रिया गरिएको सचिव राजकुमार रेस्मीले जानकारी दिए ।



सम्बन्धित
Loading...