तिहारको मुखमा सयपत्री फुल बोटमा सुक्न थाल्यो
नवलपुर । सयपत्री फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
यस वर्षको तिहार बिगत वर्षहरुमा भन्दा झण्डै एक महिना पछि धकेलिदा तिहारे फूलका नामले समेत चिनिने सयपत्री फूल तिहारका लागी जोगाउन कठिन भएको छ ।
यसपाली तिहार अगावै बोट सहित फूल समेत सुक्ने, ओईलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने भएको छ ।
मठ–मन्दिरमा सर्बसाधारण भक्तजनहरुको उपस्थितिमा हुने पूजा–अर्चना, सार्वजनिक यज्ञ–महायज्ञ, मेला–महोत्सव तथा बिभिन्न संघ–संस्थाका औपचारीक समारोहहरु समेतमा बिक्री हुने फूल र फूलका माला यसपाली कोरोना संक्रमण न्यूनीकरण र नियन्त्रणमा जारी स्वास्थ्य सुरक्षा मापदण्ड नीति बमोजिम गतिबिधिहरु सञ्चालन नभएकाले तिहारमै बेच्नका लागी कुरेर बसेका सयपत्री फूल खेती गरेका देबचुलीका बिश्वास लामिछाने निरास भएका छन् ।
सामान्यतया ३ देखी ४ महिना अवधिभित्रै उत्पादन हुने सयपत्री फूल यसबर्ष अत्याधिक बर्षाका कारण पुष्प–खेतीमा असर परेको भएपनि जोगिएका फूल राम्रै फुलेका थिए तर यसवर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको लामिछोनेले बताए ।
कार्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौषम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् । बाँकी रहेका फूल अर्को एक साता जोगाउन कठिन छ ।
https://www.youtube.com/watch?v=B9qnuN2hWoc
