नवलपुरमा कोरोना संक्रमितको संख्या दुई हजार नजिक




नवलपुर । नवलपुरको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या १ हजार ९ सय ८७ पुगेको छ । जिल्लामा आइतबार ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, जिल्लामा डिस्चार्ज हुनेको संख्या १४०८ पुगेको छ । आइतबार जिल्लाभरबाट ३६ जना निको भएको तथ्याङ्क स्वास्थ्य कार्यालयले जनाएको छ । ।




अव जिल्लामा सक्रिय संक्रमित ५५५ जना छन् । जिल्लाभित्रका आईशोलेशनमा ५५३ र जिल्लाबाहिर २ जना उपचाररत छन् ।
नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । ज्यान गुमाउनेमा ६ महिला र १८ पुरुष छन् ।
जिल्लाको गैंडाकोटमा २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।

यस्तै देबचुली नगरपालिकामा १ महिला र ५ पुरुषगरी ६ जनाको मृत्यु भएको छ भने कावासोतीका २ महिला र २ पुरुष गरी ४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

बिनयी त्रिबेणीमा १ महिला र २ पुरुष गरी ३ जना र मध्यबिन्दुका २ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।

 



सम्बन्धित
Loading...