नवलपुरमा ट्राफिक प्रहरीको चालकसँग १ मिनेट




ट्राफिक प्रहरी कार्यालय नवलपुरले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गरी “चालकसँग १ मिनेट कार्यक्रम” शुरु गरेको छ ।

लकडाउन खुकुलो हुँदा सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई ध्यानदिँदै सम्भावित सवारी दुर्घटना न्यूनीकरणको लागी यस्तो कार्यक्रम ल्याइएको हो । आजदेखी “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याइएको कार्यालयले जनाएको छ ।




गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टहरुले एकै पटक यो कार्यक्रम शुरु गरिएको जनाईएको छ भने यसलाई पहिलो चरणमा १ महिना सम्म संचालन गरिने छ । संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्यूनीकरण होस् भन्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

नवलपुरमा ट्राफिक प्रहरी कार्यालय नवलपुर मार्फत जिल्लाका चार ठाउँमा यो कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख मुनेन्द्र थापाले बताए ।

https://www.youtube.com/watch?v=2247ktAbCLE&t=1s



सम्बन्धित
Loading...