मध्यविन्दुमा जुवाको खालबाट ७ जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ शेहेरीबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ ।
नारायण जंग कार्कीको घरमा जुवा तास खेली रहेको अवस्थामा नवलपुर प्रहरीले ४२ हजार १ सय ७० रुपैयाँ नगद, विदेशी मुद्रा २६० दिराम र ३ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकालाई जुवा मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मध्यविन्दु ७ निवासी ३० बर्षीय भवानीशंकर थनेत, ३१ बर्षीय कृष्ण कुमाल, मध्यविन्दु १ निवासी खोरबहादुर चौधरी, मध्यविन्दु २ निवासी ३७ बर्षीय सुनबहादुर आले, ३५ बर्षीय हेमलाल थनेत, ३३ बर्षीय उदय उप्रेति, ४५ बर्षीय पदम राना रहेका छन् ।
नवलपुरको कावासोती र मध्यविन्दुमा दशै यता ३२ जना जुवाडे पक्राउ परेका छन् ।
