नवलपुरमा लागुऔषध सहित एक जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी १ होङसी सिमेन्ट उद्योग जाने गेट अगाडिबाट प्रहरीले लागुऔषध सहित तनहुको भानुनगरपालिका १ निवासी २२ बर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो ।
ना ३ ख २७०१ ट्रक र ग २ च ८०२२ नम्बरको जिप एका आपसमा दुर्घटना हुँदा घटनाको अनुसन्धानको क्रममा जिप चालकबाट प्रहरीले लागुऔषध बरामद गरेको हो ।
प्रहरीले उनको साथबाट डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको छ ।
