२७३६ जना नयाँ संक्रमित थपिए, ८५३ जना संक्रमणमुक्त, २२ संक्रमितको मृत्यु
काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा २७३६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
जसमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८०३५ रहेको छ । त्यस्तै थप ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६० हजार ५७७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप २२ जनाको भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।