गिटी चोरी गर्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा




पूर्वी नवलपरासीमा गिटी बालुवा चोरी गर्ने ७ वटा ट्याक्टरलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलाबाट इलाका प्रहरी कार्यालय दुम्किबासले ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।




प्रहरीले लु ४ त ४९९१, ग १ त ३७४६, लु ३ त ८५५४, लु ३ त ९४५८, लु ४ त ६५११, लु ४ त ६८९४ र एउटा अनटेष्ट गरी ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...