नवलपुरमा कोरोनाः दुई जना थपिए, ७२ जना निको भए
नवलपुर । नवलपुरमा बुधबार कोभिड १९ का २ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या २ हजार ५५ जना पुगेको छ ।
त्यसैगरी बुधबार नवलपुरमा ७२ जना कोरोना संक्रमित निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
बुधबार कावासोतीका ६५ जना, गैडाकोटका २ जना, देवचुलीका ४ जना र मध्यविन्दु नगरपालिकाका १ जना निको भएका छन् ।
नवलपुरमा अहिलेसम्म कोभिड १९ का १५ सय १९ जना संक्रमित निको भएका छन् ।
नवलपुरमा ५१२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ जनाको निधन भएको छ ।
