पाल्पाका एक जना संक्रमित पुरुषको नवलपुरमा निधन
नवलपुर । पाल्पाको रामपुर ५ निवासी ५६ बर्षीय एक जना संक्रमित पुरुषको पूर्वी नवलपरासीमा बुधबारराति निधन भएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डाले जारी गरेको विज्ञप्ति अनुसार बुधबार राति १०ः५० बजे उनको निधन भएको हो ।
पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक उपचारका लागि ल्याइएको उक्त विरामीको जीवित भएको कुनै लक्षण नदेखिएको पछि अस्पतालले अस्पताल छिराएको १० मिनेट पछि मृत घोषणा गरेको थियो ।
पछि उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।
https://www.youtube.com/watch?v=-6CPXndIHLU