कावासोतीमा घरेलु मदिरा र पटेका नष्ट
कावासोती । पूर्वी नवलपरासीमा प्रहरीले बरामद गरेको घरेलु मदिरा र पटेका विहीबार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुर मातहत रहेका विभिन्न प्रहरी कार्यालयहरुबाट विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरिएका १ हजार १५ लिटर घरेलु मदिरा र ५ हजार १ सय ७० थान विभिन्न प्रकारका पटेकाहरु प्रहरीले नष्ट गरेको हो ।
प्रहरीले सञ्चारकर्मीहरुको रोहबरमा अस्थायी प्रहरी पोष्ट डण्डामा नष्ट गरेको थियो ।
https://www.youtube.com/watch?v=-6CPXndIHLU
