कावासोतीका ७६ घर विपन्न परिवारलाई सहयोग




कावासोती । कावासोती नगरपालिका –६, रिठ्ठेपानीका ७८ घर परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ ।

रिठ्ठेपानी प्रगतीटोलका ७८ घरपरिवारलाई खाद्य सामग्री प्रदान गरिएको हो । टोलका ७८ घर परिवारलाई कावासोती निवासी समाजसेवी पूर्ण कुमार श्रेष्ठ (याक्का)ले खाद्य सामग्री हस्तारण गरेका हुन्।




कोभिड १९ को प्रभावका कारण धेरैको रोजगारी गुम्दा समस्यामा परेका छन् । चाडपर्वका समयमा तेस्ता घरपरिवारले एक दिन भए पनि रमाइलो गरि पर्व मनाउन भन्ने उद्देश्यले आफुले खाद्य सामग्री प्रदान गरेको दाता पूर्ण कुमार श्रेष्ठ (याक्का)ले बताए । आफुलाई यस टोलको सबै परिवारसंगै शुभकामना साटी खुसीयालीका साथ पर्व मनाउ भन्ने लागेर सक्दो सहयोग गरेको उनले बताए ।

प्रगती टोलका ७८ घर परिवारलाई प्रति घरपरिवार एउटा जिउदो कुखुरा, पाँच केजी चामल, दाल, तेल , नुन लगायतका खाद्या सामग्री हस्तान्तरण गरिएको हो ।

खाद्य सामग्री सहयोगी दाता याक्का र उनकी धर्मपत्नी धनकुमारी श्रेष्ठले प्रदान गरेका थिए ।

https://www.youtube.com/watch?v=qy8Q_vUBf60

 



सम्बन्धित
Loading...