कोरोनाका कारण पश्चिम नवलपरासीमा १९ जनाको मृत्यु
गोपी ज्ञवाली –
नवलपरासी । कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीमा १९ जनाको मृत्यु भएको छ ।
वर्दघाट, सुनवल, रामग्राम ३ वटा नगरपालिका र सरावल, सुस्ता, पाल्हीनन्दन र प्रतापपुर ४ गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा अहिले सम्म कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पश्चिम नवलपरासीमा शुक्रबारसम्मको तथ्यांक अनुसार एक हजार एक सय ९० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वाश्थ्य कार्यालय नवलरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले बताए ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा सबैभन्दा रामग्राम नगरपालिकामा ६ जना रहेका छन भने वर्दघाट नगरपालिकामा ५, सुनवल नगरपालिकामा ३, सुस्ता र प्रतापपुर गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वाश्थ्य कार्यालयका अनुसार अहिलेसम्म पश्चिम नवलपरासीले ७ हजार तीन सय ९५ जनाको पिसीआर जाँच गरेको छ । संक्रमित एक हजार एक सय ९० जनामा एक हजार एक सय ७१ जना निको भएर घर फर्केका छन । मृत्यु हुनेहरु नेपाली कांग्रेसका जिल्ला उप सभापती र पाल्हीनन्दन गाउँपाकिलाका लेखापाल बाहेक अधिकांश दिर्घ रोगी वा बृद्ध रहेको पाईएको छ ।
https://www.youtube.com/watch?v=EXpO1yi-L-w