चितवन दुर्घटनामा ज्यान गुमाउनेको सनाखत, घटना स्थल अझै तनावग्रस्त




चितवन । चितवनको राप्ती नगरपालिका ६ हर्दीमा सोमबार साँझ साढे छ बजे भएको सवारी दुर्घटनाबाट मृत्यु हुनेहरुको सनाखत भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्यास बुलेटले सोहि दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००२ प ११८ नम्बरको मोटरसाइललाई पछाडिबाट ठक्कर दिँदा राप्ती– ५ का ३० बर्षीय नवराज दनै र सोहि ठाउँका २२ बर्षीय सचिन दनैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।




घटना स्थलमै मृत्यु भएको भए पन प्रहरीले उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाएको छ।

ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना स्थलमा स्थानीयले प्रदर्शन गरेका छन्। अझै पनि सडक खुल्न सकेको छैन। प्रहरीले अवरुद्ध सडक खुलाउनका लागि थप बल परिचालन गरेको छ।

https://www.youtube.com/watch?v=duxk6Zc44II



सम्बन्धित
Loading...