सुनवलका नगर प्रमुख थापा र उपप्रमुख अर्याल दुवैलाई कोरोना
सुनवल १० मंसिर – पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्री (भरत) र उपप्रमुख दधिराम अर्याललाई कोरोना संक्रमण भएको छ ।
बुधवार दुवै जनालाई कोरोना पोजेटिभ देखिएको हो । यस अघि नगर प्रमुख थापाको सचिवालयले मंगलवारदेखि आराम गरिरहेका उनलाई टाईफाइडको लक्षण देखिएको बताएको थियो ।
कोरोना परिक्षणबाट पोजेटिभ देखिएपछि नगर प्रमुख थापा र उपप्रमुख अर्यालले शुभेच्छुकहरुलाई नआत्तिन आग्रह गर्नुभएको छ । उनीहरु दुवैजना होम आइसोलेशनमा रहेको सुनवल नगरपालिकाका नगर निरिक्षक दिपक तिवारीले जानकारी दिए । उहाँहरु दुवै जना होम आइसोलशमा हुनुहुन्छ– तिवारीले भन्नुभयो ।
https://www.youtube.com/watch?v=B9qnuN2hWoc&t=979s