देवचुली नगरपालिकामा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान




नवलपुर, मंसिर १० । नवलपरासीपूर्व देवचुली नगरपालिकामा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान चलाइएको छ ।

देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले अभियानमा ऐक्यवद्धता जनाउँदै देवचुली नगरपालिकामा लैङ्गिक हिंसा भन्ने शब्दलाई नै हटाउनका लागि सम्पूर्ण एकजुट भई अभियानमा लाग्नुपर्ने बताए ।




यस्तै, देवचुली नगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले कुनै पनि हिंसामा बालबालिका, महिलापुरुष, जेष्ठनागरिक तथा अपाङ्ग नपरुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए।

उनले विषेशगरि महिला माथि हुने विभिन्न प्रकारका हिंसाका घटनामा चुप लागेर नबस्न अनुरोध गर्दै यस अभियानले पछिल्लो समय घटिरहेका घटनाहरुको न्यूनिकरण भई हिंसाको अन्तय हुनसक्ने विश्वास समेत लिइएको बताए ।

देवचुली नगरपालिकाका १७ वटै वडामा ब्यानर हस्ताक्षर गरि १६ दिन सम्म कार्यक्रम संचालन गरिने छ ।



सम्बन्धित
Loading...