काेराेनाबाट थप २३ को निधन, १६ सय १४ जनामा संक्रमण पुष्टि 


नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक हजार चार १२ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई  लाख २७ हजार ६ सय ४० पुगेको मन्त्रालयले जनाएकाे छ ।




हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार सात सय ९३ रहेको छ।

यो अवधिमा थप १४ सय ३७ जना संक्रमित काेराेनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या दुई  लाख नौ हजार चार सय ३५ पुगेको छ।



सम्बन्धित
Loading...