क्युएए प्राप्तिका लागि कुमारवर्ती कलेज अन्तिम चरणमा
शारदा झेडीमगर –
कुमारवर्ती बहुमुखी क्याम्पले क्युएएका लागी अन्तिम बैठक सम्पन्न गरेको छ । नवलपुर जील्लाकै समुदाय स्तरबाट स्थापित पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोगद्धारा दिईने क्युएएका लागि क्याम्पस परिवार र पिआरटी बिच अन्तिम भर्चुअल बैठक सम्पन्न गरेको हो ।
बैठकमा पिआरटीका संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थी, अन्तरष्ट्रिय बिशेषज्ञ प्राध्यापक डाक्टर अभिनाश चन्द्र पाण्डे, प्राध्यापक डाक्टर सुर्यकान्त घिमिरे, प्राध्यापक डाक्टर तारादेबि चित्रकार,सहजकर्ता नारायणप्रसाद भण्डारी र कुमारवर्ती बहुमुखी क्याम्पस परिवारको बिचमा भर्चुअल बैठक सम्पन्न भएको क्याम्पस प्रमुख गुरु प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
अवको केही दिनमा नै क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्ने समेत क्याम्पस प्रमुख सुबेदीले बताउनुभयो ।
