गुल्मीमा जिप दुर्घटना ५ जनाको ज्यान गयो
गुल्मी, १२ मंसिर।गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षको बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका ५ को ८० बर्षका सुन्दरी थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रविललाल श्रेष्टले जानकारी दिए ।
दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ बर्षका फर्सुराम थापा, २८ बर्षको सरस्वति दर्लामी र सहचालक २५ बर्षको कमल हितान घाइते भएका छन् ।
चालक बुद्ध बस्नेत सकुसल रहेको अधिकारीले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । सडकमा गाडी फर्काउँदा दुर्घटनामा परेको हो ।