पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या १३ सय नाघ्यो


मंसिर १७ । पश्चिम नवलपरासीमा बुधबार २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा १९ जना पुरुष र ७ जना महिलागरि २६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



यस्तै पश्चिम नवलपरासीमा बुधबार तीन जना मात्रै कोरोना संक्रमित थपिएका छन् । जिल्लाको रामग्राम नगरपालिकामा एक जना र बर्दघाट नगरपालिकामा दुई जना संक्रमित थपिएका हुन् । बुधबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १३ सय २ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ल्यावमा गरिएको पिसिआर परिक्षणका क्रममा रामग्राम नगरपालिका वडा नम्बर ३ का ४४ वर्षीय पुरुष, बर्दघाट नगरपालिका वडा नम्बर ४ का ७२ वर्षीय वृद्ध र वडा नम्बर १२ का ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।




पश्चिम नवलपरासीमा अब एक सय ७६ जना संक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । जिल्लाबाट पठाएको स्वाव मध्ये अझै ११ जनाको पिसिआर परिक्षणको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै बुधबार रामग्राम नगरपालिकाबाट मात्रै ६ जनाको स्वाव संकलन गरिएको छ ।

हालसम्म पश्चिम नवलपरासीमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

https://youtu.be/9iPDSstDYtU



सम्बन्धित
Loading...