नवलपुरको आर्शिवाद एग्रो फुड्स सिल
नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि. (मसला उद्योग)को गोदाममा सिल गरीएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले अनुगमनका क्रममा खाध्य नियमावली अनुसार उद्योग संचालन भएको नपाईएकोले उद्योगमा सिल गरीएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरीष्ठ खाध्य अनुसन्धान अधिकृत विमल कुमार दाहालले जानकारी दिए।
दाहालका अनुसार खाध्य ऐन अन्र्तगत उद्योग संचालकले आफ्ना उत्पादनमा प्रष्ट रुपमा ठेगाना , उत्पादन मिति, प्रयोग अवधि प्रिन्ट गर्नुपर्ने, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र लिनुपर्ने व्यावस्था रहेकोमा नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि.ले मापदण्ड पुरा नगरी उद्योग संचालन गरेकोले उद्योगको गोदाममा सिल गरीएको जनाएको छ ।
मध्यविन्दु १ मा रहेको आर्शिवाद एग्रो फुड्सले चितवनको ठेगाना रहेको रजिष्टेशन नं. ११/०६७/०६८ को कदर मसला उद्योग र गोल्डन जिएमसी स्पाईस् भरतपुर, चितवनको नाममा प्याकिङ्ग गरी मिट मसल, सब्जी मसला, मःमः मसला, चाट मसला लगायतका मसलामा प्याकिङ्ग गरेकोले उद्योग सिल गर्न परेको बताए ।
दाहालले सम्वन्धित उद्योगले खाद्य विभागबाट खाद्य अनुज्ञापत्र नलिएको, चितवनको ठेगाना राखी प्याकिङ्ग गरीएको सबै ब्राण्डका मसला रहेको गोदामलाई सिल गरीएको बताए ।
https://www.youtube.com/watch?v=3JYnHYOA7IE&t=2s
खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाध्य निरीक्षक श्रवण कुमार ढुङ्गानाले आर्शिवाद एग्रो फुड्स उद्योगबाट चितवन ठेगाना राखीएको १२ बोरा, ९८ काटुन र १५० रोल मसला जफत गरी गोदाम सिल गरीएको बताए ।
खाध्य निरीक्षक ढुङ्गानाले नियमावली २७ अनुसार उद्योग भित्र प्याकिङ्ग गरीएका सामानको गुणस्तर मापनका लागि नमुना लिई उद्योग भन्दा अन्य स्थानको ठेगाना राखी प्याकिङ्ग गरीएको सामानमा सिल गरीएको बताए ।
उनले खाद्य नियमावली २७ अनुसार संकलित नमुना परिक्षण प्रतिवेदन आएपछि खाद्य नियमावली अनुसार कारवाही हुने बताए ।
आर्शिवाद एग्रो फुड्सका प्रवन्धक संचालक बिष्णु कण्डेलले आर्शिवाद एग्रो नवलपुर जिल्लामा संचालन हुनुभन्दा पहिला चितवनको भरपुरमा संचालनमा रहेको र केहि समय पहिला स्तान्तरण गरि नवलपुर जिल्लाको मध्यविन्दुमा संचालनमा आएको बताए । उद्योगमा पुरानो स्टक सामाग्रीको उपभोग गर्दा र उद्योग संचालनमा खाद्य ऐन बारे पुर्ण जानकारी नहुदा स्टक प्याकिङ्ग कभरमा उत्पादित मसला प्याकिङ्ग गरी प्रयोगमा ल्याइएको बताए ।
कण्डेलले उद्योग स्थान्तरण सगै संचालन, कम्पनी सम्वन्धि कागजातको नविकरण , ठाँउसारी जस्ता कार्य गरीरहेको बताउनुभयो ।
खाध्य ऐन अन्र्तगत उद्योग संचालकले हरेक उत्पादित बस्तुको खाद्य अवज्ञा पत्र लिनुपर्ने व्यावस्था गरेको छ ।
