९ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ


९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एजजनालाई पक्राउ गरेको छ ।



महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका २१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताल रहेका छन् ।

ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...