आज सगरमाथाको उचाइ सार्वजनिक हुँदै




सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज मंगलबार सार्वजनिक गर्न लागिएको हो ।

चीन र नेपाल दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने भएको छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।




दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । स्रोतका अनुसार सगरमाथाको उचाई बढेको छ ।



सम्बन्धित
Loading...