चितवनमा छोराको विहेकै दिन बाबु वेपत्ता




चितवन । चितवनको भरतपुर महानगरपालिका २५, शुक्रनगर निवासी ४५ बर्षीय गोरे भनेर चिनिने नरभुपाल सापकोटा वेपत्ता भएका छन् ।

सोमबार राति ८ बजेदेखि उनी वेपत्ता भएका हुन् । राति देखि नै उनको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएका छन् ।




कालो कोट, निलो सर्ट र कालो पाइन्टका साथै कालो जुत्ता लगाएको उनी सोमबार राति ८ बजेतिरबाट हराएको परिवारिक स्रोतले जनाएको छ । सापकोटालाई कसैले देखे उनको परिवारको मोबाइल नम्बर ९८४५३६४७५२ र ९८४५५४३७७८ मा सम्पर्क गर्न पारिवारिक स्रोतले अनुरोध गरेको छ ।

छोराका विहे सकेकै दिन उनी वेपत्ता भएका हुन् ।

https://www.youtube.com/watch?v=sQ69GhASgAw

 



सम्बन्धित
Loading...