भ्रष्टचार शून्य गराउनु पर्नेमा जोड 




कावासोती । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसमा कावासोतीमा आयोजित कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार बिरुद्धको आवाजलाई बुलन्द बनाई भ्रष्टचारलाई शून्यमा झार्नु पर्नेमा जोड दिएका छन् ।

बुधबार भ्रष्टचार बिरुद्ध नागरिक अभियान नवलपुरले आयोजना कावासोतीमा भ्रष्टचार बिरुद्ध र्याली तथा सभाको आयोजना गरिएको थियो ।




कार्यक्रममा बाल्ने वक्ताहरुले भ्रष्टचारलाई शुन्यमा ल्याउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

भ्रष्टचार कार्यमा एसियाको पहिलो स्थानमा नेपाल परेकाले यसलाई न्यूनिकरण गर्न आम नागरिक, युवा बिद्यार्थी, बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी पनि यसको बिरुद्धमा लाग्न आव्हान गरिएको थियो ।

बर्तमान समयमा देशका ठूला भ्रष्टचार काण्डमा राजनैतिक ब्यक्तित्वको प्रत्यक्ष संलग्नतामा हुँने हुदा यसको न्यूनिकरणका लागि भ्रष्टचार बिरुद्ध अभियानहरु थप शसक्त भएर अगाडि बढ्नु पर्ने बताएका थिए ।

भ्रष्टचार बिरुद्ध नागरिक अभियान नवलपुरका अध्यक्ष मंगल लामाको अध्यक्षतामा भएको सभामा भ्रष्टचार बिरुद्ध नागरिक अभियान नेपालका केन्दि«य महासचिव गोकर्ण प्रसाद उपाध्यायले नेपालमा भ्रष्टचार अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार नहुनेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधिले समेत आफूले भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाएका थिए । भ्रष्टचार बिरुद्ध र्याली सभापति चोकबाट फलफूल  चोक हुँदै कावासोती कावासोती खानेपानी सभाहलमा पुगि कार्यक्रम गरिएको थियो ।



सम्बन्धित
Loading...