शिक्षक दरवन्दी थपिनेमा नवलपुर अगाडि
शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले आयोजना गरेको मंसिर २४ र २५ गतेको शैक्षिक अन्तर्क्रिया कार्यक्रम नवलपुरका सवै पालिकाको शिक्षा शाखामा काम गर्ने शाखा प्रमुख लगाएत शिक्षा शाखाका सवै कर्मचारीहरूलाई अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले आयोजना गरेको उक्त कार्यक्रममा साविक शिक्षा विभाग(हाल शिक्षा तथा मानवस्रोत विकास केन्द्र) का उपमहा निर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आव २०७७/७८ मा नवलपुरको शिक्षा क्षेत्रमा विनियोजित वजेटको कार्यान्वयनको अवस्था, विद्यालय संचालन कार्य ढांचा-२०७७, परीक्षा व्यवस्थापन प्रणाली, पालिकाको शिक्षाको असल अभ्यास, विद्यालयको वेरूजुको अवस्था, नवलपुरको शैक्षिक गुणस्तर वृद्धि गर्न चालिएका कदमहरू, शैक्षिक तथ्याङ्क व्यवस्थापन लगाएत विविध विषयमा अनुभव आदान प्रदान एवं छलफल भएको थियो ।
प्रमुख अतिथीले नवलपुर जिल्लामा शिक्षक सख्यात्मक रुपले कम रहेको साथै दरवन्दी मिलानको क्रममा प्रदेशमै धेरै दरवन्दी पाउन सुचिकृत भएको जिल्ला भएको वताउनु भयो ।
कार्यक्रममा नवलपुरलाई नमुना शैक्षिक हवको रूपमा विकास गर्न सकिने धेरै सम्भावना रहेको र सवैको एक्यवध्ता रहेको कुरा औंल्याइएको थियो । कार्यक्रम अमलटारी होम स्टेमा भएको थियो भने कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षतामा भएको थियो ।