के एअर होस्टेज बिशुद्ध ग्ल्यामर पेशा हो ?
धेरै युवतीहरु एयर होस्टेज बन्ने सपना देख्ने गर्दछन् । एयर होस्टेजहरुको आकर्षक जीवनशैलीकै कारण यो पेशाप्रती लालायित हुने युवतीहरुको ठुलै जमात छ । यो पेशामा पाइने सम्मान यसको अर्को कारण हो । युवतीहरुको एयर होस्टेज बन्ने सपना साकार गर्नका लागि चितवनमा एजुर एभिएसन एकेडेमी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकमा कार्यालय स्थापना गरी एजुर एभिएसनले एयर होस्टेज सम्बन्धी प्रशिक्षण शुरु गरेको छ । एजुर इण्डियाको शेल्टास एभिएसनको फ्रान्चाइज हो । प्रस्तुत छ एयर होस्टेज प्रशिक्षाणसँग सम्बधित रहेर हामीले एजुर एभिएसनका प्रवन्ध निर्देशक बिशाल चापागाईसँग गरेको संक्षिप्त कुराकानी :
१) सर्वप्रथम एजुर एभिएटर एकेडेमीको बिषयमा प्रकाश पारिदिनुस् न ।
धन्यवाद, एजुर एभिएटर एकेडेमी एयर होस्टेजसँग सम्बन्धित कक्षा तथा प्रशिक्षण दिने संस्था हो । एजुर एभिएटर इण्डियाको शेल्टास एभिएसनको फ्रान्चाइज हो । शेल्टाससँग एमओयु गरेर नेपालमा हामीले फ्रान्चाइज भित्र्याएका हौं । हामी नेपालमा शेल्टासको एक मात्र फ्रान्चाइज हौं भने चितवनको सन्द्रभ भन्नु पर्दा चितवनमा पनि एयर होस्टेजसँग सम्बन्धि कक्षा सञ्चालन गर्ने हामी एक मात्र संस्था हौं ।
२) तपाईहरुले शेल्टासको फ्रान्चाइजको रुपमा कहिलेबाट सेवा शुरु गर्नु भएको हो ?
हामीले गत वर्षको जनवरीबाट नै भरतपुरको हाकिमचोकमा कार्यालय खोलेर सेवा शुरु गरेका हौं । तर कोभिड १९ को कारण गतवर्ष हामीले कक्षा सञ्चालन गर्न सकेनौं । अब आउदो जनवरीबाट कक्षाहरु शुरु हुनेछ । एयर होस्टेज पढ्न अथवा तालिम लिनका क्राइटेरियाहरु के(के हुन्छन् त भन्ने बिषय पनि म जानकारी गराउछु । कक्षा १२ पास भएका १८ देखि २६ वर्ष उमेर समुहकाले यसका एयर होस्टेजको कक्षा अथवा तालिम लिन सक्नेछन् भने हाइट न्युनतम ५ फिट १ इन्च हुन पर्छ ।
३) चितवनमा एयर होस्टेज बन्न चाहने विद्यार्थीहरु के कती छन् रु यस बारे केही अध्ययन गर्नुभएको छ ?
म आँफै पनि शैक्षिक संस्थासँग आवद्ध छु । हामीले सन् २०१८ देखि नै चितवनमा एभिएसनको सम्भावना बारे अध्ययन शुरु गरेका थियौं । हामीले करिब ८ महिला जती अध्ययन गर्यौं । विद्यार्थीहरु यो पेशामा आकर्षित नहुने हुन् किरु यो बिषयमा ज्ञान नभएर नआउने हुन् किरु अभिभावकले एसेप्ट गर्न नसक्ने हुन् किरु भन्ने जस्ता चुनौतीका बिषयमा हामीले अध्ययन गरेका थियौं ।
केही कलेजमा गएर ५-७ वटा समुह बनाएर यस बिषयमा छलफल गर्दा धेरै विद्यार्थीहरु इच्छुक रहेको पायौं । भोलि उनिहरु पढ्छन् पढ्दैनन् त्यो त भोलिका दिन थाहा हुने बिषय भयो । तर एयर होस्टेज बन्न इच्छुक विद्यार्थीहरु चाँही धेरै छन् । फेरी सबै पढ्छन् भन्ने पनि छैन । अन्य बिषयहरुले पनि असर गर्ला तर त्यती धेरै संख्यामा विद्यार्थीहरुको इच्छा र अहिले बढ्दो ग्लामर क्रेज जे सँग यो पेशा सम्बन्धित पनि छ, यसका कारण अब चाँही हामीले चितवनमा शुरु गर्दा हुन्छ भन्ने निस्कर्षमा पुगेपछि फ्रान्चाइज लिएर गर्ने निर्णय गर्यौं । हुन त नेपालमा दुई चार जनाको समुह बनाएर ट्रेनिङ दिने परिपाटी पनि छ तर हामीले यसैमा भविष्य बनाउने चाहनेहरुलाई गुणस्तरीयता दिनु पर्छ भनेर फ्रान्चाइज लियौं ।
४) एक समय नर्सिङमा विद्यार्थीको रुची र अध्ययन गर्ने विद्यार्थीको संख्या पनि धेरै थियो । तर संख्या बढेसँगै काम नपाउने समस्या देखियो । अब एयर होस्टेज नामैले यसमा धेरैको रुची छ अहिले र पछि यसमा पनि त्यस्ता समस्या देखिन सक्ने बारे अध्ययन गर्नु भएको छ ?
एयर होस्टेज ३ वर्षे ४ वर्षे कोर्ष गरेर परीक्षा दिएर नाम निकाल्न पर्ने बिषय होइन । यो एक प्रकारको तालिम नै हो । यसमा धेरै भिड हुने, यसको कलेज युनिभर्सिटि हुने भन्ने हुँदैन । यसको क्राइटेरिया धेरै छन् । नर्सिङ अध्ययनका लागि न उमेरले छेक्छ न त हाइटले । तर एयर होस्टेजका लागि उमेर, हाइट लगायतका क्राइटेरिया छन् । जस्तो उमेर १८ देखि २६ वर्षको हुनुपर्यो भने हाइट ५ फिट १ इन्च हुनुपर्यो । यस कारण संख्या थोरै हुन्छ । संख्या थोरै भएपछि अवसर स्वत: धेरै हुन्छ । तर अर्को बिषय के हो भने जहाँ धेरै चार्मिङ देखियो त्यहा झुम्मिने बढी हुन्छन् नै । त्यस्तो हुँदा पनि समस्या नै चाँही हुँदैन ।
नर्समा बाध्यता हुन्छ हस्पिटल मै काम गर्नका लागि चाहे पारिश्रमिक कम नै किन नहोस् । तर एयर क्राफ्ट कम्पनीमा त्यस्तो हुँदैन । यो हस्पिटालिटीसँग सम्बन्धित पेशा पनि हो । अब कोही तालिम लिएर पनि कारणबस एयर होस्टेज बन्न पाएनन् भने पनि बेरोजगार बस्नु पर्दैन किनकी ३ तारे, ५ तारे होटलहरुमा सजिलै राम्रो पारिश्रमिकमा काम पाँउछन् र हामी आँफै त्यस्को ग्यारेन्टी पनि गर्छौं ।
५) अहिले कुनै पनि बिषय अध्ययन गर्नु अघी त्यसबाट आउने अवसरहरु बारे विद्यार्थीहरु पहिल्यै नै बुझ्ने गर्छन् । यस्तोमा नेपालमै एयर होस्टेजको स्कोप चाँही कस्तो छ ?
एयर होस्टेज बिशुद्ध ग्लामर पेशा पनि हो । एक समय थियो कुनै पनि अभिवावकहरुले आफ्ना छोरीहरुलाई ग्लामर पेशा अपनाएको रुचाउदैन थिए । तर अहिले विस्तारै समाजमा परिवर्तन आइरहेको छ । छोरा छोरीलाई समान रुपमा हेर्ने अवस्था बनिसकेको छ । र अहिले नेपालमा यो पेशामा अवसरहरु टन्नै छन् । नेपालमा अहिले १४ एयर क्राफ्ट कम्पनी छन् र बिस्तारै अरु पनि थपिदैछन् । यस्तै अहिले भएका कम्पनीहरुले पनि बिमान थप गरिरहेको छ र बिमानमै यात्रा गर्ने यात्रु पनि बढेका छन् ।
चितवन कै कुरा गरौं न, चितवनमा ३-४ वर्ष अघी वुद्ध र यतीले दिनमा १-२ वटा मात्र उडान गर्थे त्यो पनि काठमाडौं मात्र । अहिले त्यो संख्या ह्वात्तै बढेको छ । चितवनबाट पोखरा सिधै उडान शुरु भइसकेको छ । गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्दैछ, निजगढको पनि हुँदैछ, भरतपुर बिमानस्थल नै विस्तार हुँदैछ, अन्य विमानस्थल पनि विस्तार हुँदैछ । यसले थप अवसर सृजना गर्छ । विद्यार्थीले आफुले अध्ययन गरेको क्षेत्रमा भविष्य कस्तो छ भनेर हेर्ने हो । यसमा अवसरहरु प्रशस्तै छन् ।