अरुणखोलाको आइएमईबाट ११ लाख नगद चोरी
रामकुमार श्रेष्ठ –
नवलपरासी, २७ मंसिर । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको आइएमईमा गएराति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा रहेको विन्देश्वरी इन्टरप्राइजेज नामको आइएमईमा चोरी भएको हो ।
प्रहरीका अनुसार उक्त आईएमईबाट ११ लाख नगद, २ वटा ल्यापटप र दुई वटा कम्प्युटरको सिपियु चोरी भएको छ तथापि चोरी भएका सामग्रीको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
विन्दु श्रेष्ठ र ईश्वर श्रेष्ठको नाममा रहेको उक्त आइएमई चोरी घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
विहान आईएमईको सटर खुल्ला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आईएमईको सटर फोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=w9-0mq8Gn_U