रजहर खानेपानीको अध्यक्षमा थापा विजयी
रजहर (नवलपरासी) । राजनीतिक प्यानल गत दुई वटा प्यानल गराएर चुनावी मैदानमा होमिएको पूर्वी नवलपरासीको देवचुली ननगरपालिकामा रहेको रजहर खानेपानीमा मिश्रित परिणाम आएको छ ।
रहजर खानेपानीमा सत्तारुढ दल नेकपा नेतृत्वको प्यानलले अध्यक्ष र एक सदस्य पदमा जित हात पारेको छ भने नेपाली काँग्रेस नेतृत्वको प्यानलले बाँकी पदमा जित हात पारेको छ ।
रजहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा प्रगतिशील प्यानलका गंगाबहादुर थापा विजयी भएका छन् । यो सँगै थापा तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सापकोटालाई १७ मतको अन्तरले पराजित गरेका हुन । थापाले ८१८ मत पाउँदा सापकोटाले ८०१ मत पाएका छ्न ।
यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार विवेकशील साझाका हरिप्रसाद गौतमले ७३ मत पाएका छ्न । अध्यक्षमा र एक सदस्य मात्रै प्रगतिशिल प्यानलका उम्मेदवार विजयी भए पनि अन्य सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका हुन् ।
यस्तै गरी उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकि टीका शर्मा भुसाल सचीवमा संगिता बराल सापकोटा, कोषाध्यक्षमा डिलमाया मरासिनी, सहसचिवमा जमुना कंडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरि वडा नं १,२ ४ ,५ ,६ र ८ मा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छ्न भने वडा नं ३ मा यस अघि नै प्रगतिशील प्यानलका उम्मेदवार सर्वसम्मत भएको निर्वाचन मण्डलले जनाएको छ । यसैगरी लेखा समितिको संयोजक लगाएत सदस्य पदमा पनि लोकतान्त्रिक प्यानलकै उम्मेदवार विजयी भएका छ्न ।
प्रगतिशील प्यानल बाट नेकपा र जनमोर्चाको संयुक्त उम्मेदवारी थियो भने लोकतान्त्रिक प्यानलबाट नेपाली काङ्ग्रेस र राप्रपाले संयुक्त उम्मेदवारी दिएका थिए ।
