रक्सी किन्न ५० रुपैयाँ नदिदा हत्या !


कपिलवस्तु . कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्ने ५९ वर्षीया सुशिला खड्काको हत्या भएको छ ।



कपिलवस्तु प्रहरीका अनुसार नातामा भदा पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले आफूसँगै बसेर रक्सी खाएकी फुपु सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरुसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए, भने थप रक्सी ल्याउनका लागि ५० रुपैयाँ माग्दा नदिएपछि तोरणबहादुरले ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा (फुपु) सुशिलाको मृत्यु भएको हो ।




प्रहरीले उक्त घटना भएको ९ घण्टापछि अनुसन्धान गरी अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।



सम्बन्धित
Loading...