संवैधानिक परिषदद्वारा पाँच वटा आयोगमा प्रमुखको नाम सिफारिस


काठमाडौं । संवैधानिक परिषदले विभिन्न ५ वटा आयोगमा प्रमुखको नाम सिफारिस गरेको छ ।



आइतबार बसेको परिषदको बैठकले संविधानमा व्यवस्था गरिएका विभिन्न आयोगमा प्रमुखको नाम सिफारिस गरेको हो ।

परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रमुखमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा.विजयकुमार दत्त, थारु आयोगमा बिष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरिएको राजधानी दैनिकमा खबर प्रकाशित छ ।



सम्बन्धित
Loading...