नवलपुरमा संक्रमितको संख्या २४१३ पुग्यो, सोमबार २ जना थपिए


नवलपुर । नवलपुरको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या २ हजार ४ सय १३ पुगेको छ । सोमबार नवलपुरमा २ जना संक्रमित थपिएका छन् ।



यस्तै, जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ७८ पुगेको छ । जिल्लाभरबाट आज ५ जना निको भएको तथ्याङ्क स्वास्थ्य कार्यालयले अद्यावधिक गरेको छ । अव जिल्लामा सक्रिय संक्रमित १०५ जना छन् । 

नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा ८ महिला र २२ पुरुष छन् ।
जिल्लाको गैंडाकोटमा २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।




यस्तै कावासोतीका ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाका कारण ज्यान गएको छ भने देबचुली नगरपालिकामा १ महिला र ५ पुरुषगरी ६ जनाको मृत्यु भएको छ । बिनयी त्रिबेणीमा १ महिला र २ पुरुष गरी ३ जना, मध्यबिन्दुका २ जना पुरुष र हुप्सेकोटकी १ महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।

https://www.youtube.com/watch?v=Djeu9G10_lA

गण्डकी प्रदेशको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या १३ हजार ४ सय २१ पुगेको छ । आजगण्डकी प्रदेशमा ८६ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, प्रदेशभरी डिस्चार्ज हुनेको संख्या ११६७६ पुगेको छ । अव प्रदेशमा सक्रिय संक्रमित १५४९ छन् ।

https://www.youtube.com/watch?v=sSnmC8lqPR4



सम्बन्धित
Loading...