शिव माविको ४७ औं बार्षिकोत्सव
कावासोती । शिक्षाको हवका रुपमा रहेको नवलपुरकै कावासोतीका शैक्षिक संस्थाहरुले अझ अब्बल बनाउनुपर्नेमा प्रदेश सांसद रोशनबहादुर गाहाले जोड दिएका छन् ।
कावासोतीको शिब माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सांसद गाहाले यहाँका बिद्यालयले आफूलाई नमूनाको रुपमा स्थापित गर्नुपर्ने बताए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा शिक्षा समन्वय कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल लगायत नगर शिक्षा कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
https://www.youtube.com/watch?v=BKwlNt_-7Ro
