सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित, पाँच बजे फेरि बस्ने


सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । सभामुख सहभागी नहुँदा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।



आजै बेलुका ५ बजे पुनः बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । बिहानका लागि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए भने सभामुख सापकोटा अनुपस्थित थिए ।

सभामुख सापकोटा नगएपछि गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्ने व्यवस्था छ ।




https://www.youtube.com/watch?v=sSnmC8lqPR4



सम्बन्धित
Loading...