कावासोतीमा घरकै आँगनमा बालिका मृत फेला


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ गोछेटार निवासी सन्तबहादुर महतोकी १८ महिना छोरी सलिना महतो आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेका छन् ।



अस्थायी प्रहरी पोष्ट डण्डाका अनुसार महतो आफ्नै घरको आँगनमा खेल्ने क्रममा नजिकै रहेको धाराको पानी बग्ने खाल्टोमा डुबिरहेको अवस्थामा फेला परेका थिए ।

खाल्डोमा डुबिरहेको अवस्थामा छोरीलाई बाबुले देखेपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पतताल डण्डामा ल्याइएको अस्पतालले मृत घोषणा गरेको थियो । शव पोष्टमार्टम गरी मृतकका परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।




https://www.youtube.com/watch?v=sSnmC8lqPR4&t=24s



सम्बन्धित
Loading...