घट्यो सुनको मूल्य


नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।



नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।




यसअघि सोमबार पनि सुनको मूल्यमा एक सय रूपैयाँकै गिरावट आएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...