काबुलमा बम विस्फोट हुँदा उपगभर्नर र सचिवको मृत्यु, दुई अंगरक्षक घाइते


 



अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा उप-गभर्नर र सचिव मारिएका छन्।

मंगलबार उप-गभर्नर मोहाब्बातुल्लाह मोहाम्मादी र उनका सचिवको विस्फोटमा मृत्यु भएको आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पुष्टि गरेका छन्।




अरियाना न्युजका अनुसार स्थानीय समय ९ बजेर ४० मिनेट जाँदा बम बिस्फोट भएको हो।

उक्त बम उपगभर्नर चढ्ने टोयटाको ल्यान्ड क्रुजर गाडीमा राखिएको थियो।

बिस्फोट हुँदा उप-गभर्नरका दुई जना अंगरक्षक पनि घाइते भएका छन्।



सम्बन्धित
Loading...