दलदलेमा दुर्घटना, एक जना घाईते
पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकका ११ धारापानी चाेकमा ट्याक्टर र माेटरसाईकल एक आपसमा ठक्कर खाँदा एकक जना गम्भीर घाईते भएका छन् ।
ना ७ त २९३७ नम्बरकाे ट्याक्टरले लु ६४ प ३६७५ नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकल चालक देवचुली १३ दलदले निवासी १९ बर्षीय निलम स्याली मगर घाईते भएका हुन्।
उनकाे दाहिने खुट्टामा चाेट लागेकाे छ भने पुरानाे मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।