संवैधानिक परिषद् बैठक : रिक्त रहेका पदहरुमा नियुक्ति सिफारिसबारे छलफल


काठमाडौं, ३० मंसिर । मंगलबार (आज) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरुमा नियुक्ति सिफारिसबारे छलफल भएको छ ।



परिषद्का सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा चलेको उक्त बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिबारे छलफल भएको हो ।




आजको बैठकमा विभिन्न संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएपनि ठोस निर्णय भने हुन नसकेको बताइएको छ । बैठकमा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री ओली, सदस्यहरु राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित हुनुहुन्थ्यो ।

तर, प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने उपस्थित हुनुभएन । आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्तमा पूर्व सचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने चर्चा भएको बताइएको छ ।



सम्बन्धित
Loading...