कावासोतीमा पत्रकारिता तालिम




पुर्वी नवलपरासी कावासोतीमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता विकास तालिम शुरु भएको छ ।

तालिमको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा मगरले समुद्घाटन गर्नुभएको हो । पत्रकारिता पेशामा आबद्ध नयाँ सिकारु तथा सोहि पेशामा लागि परिरहनुभएका दलित समुदायका व्यक्तिहरुलाई सहज होस् भन्ने उद्देश्यले कावासोती नगरपालिकाको सहयोगमा तालिम आयोजना गरिएको उक्त कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोबिन्द नेपालीले बताउनुभयो ।



बाबुराम विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै गरी कावासोती नगरपालिकाको विभिन्न वडाको दलित जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाले पत्रकारिता पेशालाई राज्यको चौँथो अंगको रुपमा लिएको बताउनुभयो ।

उक्त ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता विकास तालिममा गण्डकी प्रदेश पत्रकार महासंघ , पत्रकार महासंघ नवलपुर , सायरा मिडिया प्रा. लि , वातावरण पत्रकार मञ्च , डब्लु डब्लु जे नवलपरासी र राष्ट्रिय दलित पत्रकार संघ नवलपुर यि संस्थाहरुले तालिममा सहभागीलाई प्रशिक्षण दिइने छ ।

नेपाली समाजमा उत्पिडन र विभेदको अन्त्य गर्न नवलपरको कावासोतीमा ११ दिने पत्रकारिता तालिमको सुरु ,



सम्बन्धित
Loading...