देवचुलीमा कार्यशाला गोष्ठी




नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मा शुक्रबार खानेपानी रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी भएको छ ।

कार्यक्रममा वडा भित्र दीगो खानेपानी तथा खानेपानीलाई आमअपभोक्ता समक्ष कसरी स्वच्छ र सरल रूपले पुप्याउन सकिन्छ ? खानेपानीमा भैपरी आउने समस्यालाई कसरी छिटो भन्दा छिटो समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।




कार्यक्रममा देवचुली ९ का वडाध्यक्ष मेख बहादुर सारू मगर, नगरपालिकाका वास योजना प्रमुख प्रविन घिमिरे, प्रमुख प्रशिक्षक पदमप्रसाद जमरकट्टेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्य, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।

देवचुली नगरपालिका ९ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रम दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना देवचुलीको सहयोगमा भएको थियो ।

https://www.youtube.com/watch?v=p8Uj3U4jhWs&t=1s



सम्बन्धित
Loading...