हुप्सेकोटमा समुदायमा सरकारी वकिल
नवलपरासी । समुदायमा हुने कानूनी समस्या, त्यसको उपचार र समाजमा कानुनको अबस्थाको पालना के कसरी भैरहेको छ भन्ने बिषयमा जिल्लाको हुप्सेकोट गाउँपालिकामा शुक्रबार समुदायमा सरकारी वकिल कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला सरकारी न्यायधिवक्ता बाबुराम अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै समाजमा कानुनको प्रभावकारिता, यसको प्रयोग र समाजमा हुने अपराधिक घटनाका बारेमा सरकारी वकिल कार्यक्रमले समाजमा चेतना फैलाउँदै अघि बढन मद्दत पुग्ने भएकाले कार्यक्रम जिल्लाका सबैपालिकामा आयोजना गर्दै लैजाने बताए ।
कार्यक्रममा जिल्ला न्यायधिबक्ता अधिकारीले जिल्लाको लागूऔषध, जर्बजस्तीकरण्ी लगायतका घटना र अहिले अध्यादेश मार्फत आएका कानुनी प्रकृयाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै समाजमा हरेक बर्गलाई चेतनाको स्तर बढाउन सकियो भने अपराधिक घटना कम हुदै जानेमा जोड दिए ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले समाजमा लागूऔषधको बिकृति, बलात्कारका घटनाहरु दिनप्रतिदिन बढदै जानु दुर्भाग्य भएको बताउँदै सबैभन्दा बढी समाजलाई चेतनाको स्तरबाट माथि उठाउनु पर्नेमा जोड दिए ।
नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले समाजलाई चेतनाको स्तरबाट माथि उकास्न सकिएन भने अपराधिक घटनामा स्वःत बृद्धि हुने भएकाले नवलपुरमा प्रत्येक महिना तीन जना सम्म बलत्कारका घटना घटने गरेका र यो घटना अत्यन्त कहाली लाग्दो अबस्थामा हुने गरेकाले सबैले सोच्नुपर्ने र सहि कदम चाल्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी भटट्राईले समाज जबसम्म सकुचित दायराबाट माथि उठन सक्दैन र चेतनाको स्तर माथि नउठदाँ सम्म यस्ता अपराधिक घटनामा कमी आउन नसक्ने भएकाले समाजले यस्ता घटनालाई निरुत्साहित गर्न सक्षम हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट, बार एशोसियसनका उपाध्यक्ष गणेश अधिकारी, हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले कानुन बलियो भए मात्र र कारबाही गर्ने निकाय बलियो भए मात्र पनि समाजमा अपराधिक घटनामा कमी आउनेमा जोड दिए ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका बिद्यालयमा अध्ययनरत छात्राहरु, न्यायि समितका पदाधिकारीहरु, वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।
https://www.youtube.com/watch?v=NAvT731Fr_k
