ओली नै प्रतिगामीको नाइके बनेः सिपी गजुरेल
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले राजावादी मात्र नभई केपी ओली पनि प्रतिगामीको नाइके बनेको आरोप लगाएका छन् ।
गजुरेलले शुक्रबार काठमाडौंमा भएको २२ दलको विरोध सभामा सम्बोद्धन गर्दै भने – यो हामीले मात्र भनेका छैनौं । सत्ता पक्षकै उनकै पार्टीकै नेता तथा मन्त्रीहरुले समेत भन्न थालिसके ।
उनले ओली सरकार विरुद्ध आफ्नै पार्टी र सडकबाट समेत विरोध भईरहेको भन्दै यो सरकारको अब कही कतैबाट कुनै औचित्य नभएको र सरकार ओलीकै कारण ढल्ने चेतावनी पनि दिए । गजुरेलले देश ठूलो दुर्घटनामा पर्ने खतरा रहेको समेत संकेत गरे ।
उनले क्रान्तिकारी शक्तिहरु एक हुन अन्य दलहरुसँग आग्रह गरेका छन् । नेपालको चुच्चे नक्सा पाउन क्रान्तिकारी माओवादीले आन्दोलन उठाएको हो । एमसिसि पास भए देश नरहने उनले पुन जिकिर गरे ।
हिंसा, हत्या बलत्कार लगायत समस्यासँगै भष्ट्राचार यही सरकारको पालामा बढेको पनि उनले आरोप लगाए । उखु किसानको समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।
त्यसै गरी उनले क्रान्तिकारी माओवादी मात्र राष्ट्रको समस्या हल गर्न सक्ने पार्टी भएको दावी गर्दै क्रान्तिकारी माओवादीले राष्ट्रहितको लागि अझ ठूलो आन्दोलन गर्ने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियो ।
२२ दलीय कार्यक्रममा सिपी गजुरेलले गरेको सम्बोधन
https://www.youtube.com/watch?v=c0qsClktVbc