नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु
पूर्वी नवलपरासीमा आगो ताप्ने क्रममा आगोले जलेर एक जनाको निधन भएको छ ।
आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं। १० अरुणखोला निवासी ७७ वर्षीया देवकी घिमिरेको उपचारको क्रममा आज विहान काठमान्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्र्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
घर बाहिर कुर्सीमा बसि आगो ताप्ने क्रममा आगो उनले लगाएको कपडामा सल्कीन गई गम्भिर घाईते भएकी थिईन । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।