संसद विघटन विरूद्ध नेविसंघकाे कावासाेतीमा प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नवलपुरमा विद्यार्थीहरूले आन्दोलन थालेका छन् ।
प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै कावासाेतीमा विद्यार्थीले आन्दोलन थालेका हुन् ।
नेविसंघ नवलपुरकाे अगुवाईमा कावासाेतीमा भएकाे विराेध उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै असंविधानिक कदम चालेकाे लाेकतन्त्र हरण गरेकाे आरोप लगाए।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए भाेलि नवलपुर बन्द गर्ने चेतावनी समेत दिएका छन्।
नवलपुरको सदरमुकाम कावासोतीमा नेविसंघ नवलपुरले आधा घण्टा सडकमै संसद बिघटन प्रस्ताव बिरुद्ध प्रदर्शन गरेका थिए ।
नेविसंघका पुर्व केन्द्रीय सदस्य आरसी भटराईले अहिले सांकेतिक प्रदर्शनमा उत्रिएको साँझसम्मको राजनैतिक परिस्थितिपछि बिरोधका स्वरुपमा परिवर्तन गर्दै खवरदारीमा उत्रिने बताएका छन् ।