नवलपुरको विनयी खोलाबाट ११ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
नवलपुर, ६ पुष । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ ठुलटाँडीमा रहेको विनयी खोलामा नदीजन्य पदार्थ जोरी निकासी गरेको अवस्थामा सोमबार ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले दुई पटक गरी ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताए ।
प्रहरीले लु ३ त ८८३८, लु ४ त ४३१६, लु २ त १९१५, ना ४ त ९०६९, लु ४ त १९३५, लु २ त ७५६४, लु ३ त ८८८६, लु ४ त ९०७१, लु ४ त १५३५, लु ३ त २९७५ र नम्बर नखुलेको १ वटा ट्याक्टर गरी ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नवलपुरको विनयी खोलाबाट अहिले अवैध नदीजन्य पदार्थ चोरी निकासी गर्ने ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रम अत्याधिक बढेको छ ।
https://www.youtube.com/watch?v=EIOoEA1Z4vU
