अरुणखोलामा मनिट्रान्सर चोरी गर्ने बाबुछोरा सहित तिन जना पक्राउ




चोरमारा । मध्यविन्दु–१० अरुणखोलामा रहेको विन्देश्वर इन्टरप्राईजेजबाट नगद सहित ल्यापटप र कम्पुटर चोरी गर्ने ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

मंसिर २७ गते विन्देश्वर इन्टरप्राईजेजबाट नगद नौं लाख ३२ हजार दुई सय ५७ रुपैया सहित ल्यापटप दुई थान र सामसुङ कम्पनीको मनिटर एक थान चोरी भएको थियो ।




चोरीमा संलग्न कावासोती नगरपालिका ३ का ४० वर्षीय भरत बि.क., उनको छोरा १९ सिमन सुनार र मध्यविन्दु नगरपालिका १० का २६ वर्षीय पदम सिंह सारुलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी मोहन बहादुर खाँणले बताए ।

उनीहरुको साथबाट चोरी भएको नगद र जिन्सी सामान बरामद गरिएको उनले जानकारी दिए । उनीहरुले इन्टरप्राईजेजबाट नगद र जिन्सी गरी कुल दश लाख ६७ हजार दुई सय ५७ रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।

पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको डिएसपी खाँणले बताए ।

https://www.youtube.com/watch?v=6EbGxk-eIA0&lc=UgwXy6FQqDGEWsmhVdN4AaABAg



सम्बन्धित
Loading...