सशस्त्र प्रहरीद्वारा १७ लाखको अबैध सामान बरामद


गोपी ज्ञवाली –



नवलपरासी, ८ पुस । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका १७ लाख बढीका सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल २६ नम्बर गण पश्चिम नवलपरासीबाट खटिएको शसस्त्र प्रहरी बलको टोलीले जिल्लाको पाल्हीनन्दन, सरावल, सुस्ताका विभिन्न स्थानहरुबाट बाख्रा, लत्ताकपडा, विभिन्न प्रकारका ईलेक्टोनिक सामान, रेडबुल, मोटरपार्टंका सामान लगायत विभिन्न प्रकार सामान सहित तस्करीमा संलग्न लु १ च २०५५ नम्बरको पिकअप भ्यान गरी जम्मा १७ लाख ७६ हजार रुपियाँ बराबरका अबैध सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गण वेलास्पुरका सुचना अधिकृत माघव रेग्मीले बताए ।




https://www.youtube.com/watch?v=6EbGxk-eIA0

करिब २७ किलोमिटरको लम्बाईमा रहेको पश्चिम नवलपरासीको भारतसंगको खुल्ला सिमानाको दुरुपयोग गर्दै तस्करहरुले जिल्लाका गेरमा, भगतपुरवां, चमनटोला, बुलन्दपुर, लगायतका स्थानहरुबाट भन्सार छली गरी विभिन्न प्रकारका सामानहरु भित्राउने गरेका छन ।

जिल्लाको विभिन्न स्थानहरुबाट बरामद गरिएका अबैध सामानहरु एवं गाडीलाई आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यालय पठाईएको पश्चिम नवलपरासी क्षेत्रमा सुरक्षाको जिम्ममा रहेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका गणपति महेश अधिकारीले बताए ।



सम्बन्धित
Loading...