कालिगण्डकी करिडोरमा ट्रक कोरिडोरको भिरबाट ३ जनाको मृत्यु, घटना स्थलमा उद्दार हुँद
रामकुमार श्रेष्ठ –
नवलपरासी, ८ पुस । कालीगण्डकी कोरीडोर अन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरको ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।
नवलपुरको गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको छ ।
ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा परी ३ जनाको निधन भएको र अन्य विवरण आउन बाँकी रहेको उनले बताए । घटना स्थलमा उद्दार कार्य जारी रहेकोले मृतकको सनाखत हुन सकेको छैन ।
बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा ट्रक दुर्घटनामा परेको जनाईएको छ । घटनास्थलमै ३ जना पुरुषको शव फेला परेको स्थानीयले जानकारी दिएका हुन् ।
ट्रक पहराबाट करिव १ सय मिटर तल खसेको छ भने सडकदेखि करिब १ सय मिटर दुरीमा शव फेला परेको गैडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।
घटनास्थल गैंडाकोट पुर्व पश्चिम राजमार्गदेखी करिब ३५ किमिको दुरीमा पर्छ । विस्तृत विवरण अझै आउन बाँकी रहेको छ । अहिले स्थानीय र प्रहरीले उद्दार कार्य जारी राखेको नवलपुर प्रहरीले जनाएको छ ।